आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जीतपुरसिमरा नगर अध्यक्षमा श्रेष्ठ

अखिलेश कुमार यादव २०८० पौष ७, शनिबार (४ महिना अघि) ८०३ पाठक संख्या

बारा : नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जीतपुरसिमरा उपमहानगरको प्रथम नगर अधिवेशन रजघट्टामा शनिवार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पोल्युट ब्युरो सदस्य पुरुषोतम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक आदिबासि जनजाति महासंघ जीतपुरसिमरा उपमहानगर कमिटीसमेत गठन भएको छ । अधिबेशनले सुबाश श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

 

समितिमा उपाध्यक्ष हेमनारायण चौधरी,सचिव श्यामबाबु खा थारु ,कोषाध्यक्ष अनिता रुम्बा सहित नगरको २४ वटै वडाका सक्रिय सदस्य रहेका छन् । नेपाल लोकतात्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी सचिव जयकिशोर चौधरीको सभाअध्यक्षता रहेको अधिबेशनबाट ४५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जीतपुरसिमरा नगर कमिटि गठन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पुरुषोतम पौडेलले नेपाल लोकतान्त्रिक आदिबासि जनजाति महासंघले घर्म संस्कृति, संस्कार र मौलिकपनको पहिचानसंगै राजनीतिक तथा सामाजिक अधिकारका लागि एमालेलाई बलियो बनाउनु पर्ने बताए । उनले सुखी नेपाली सम्बृद्ध नेपालको धारणालाई मजबुत बनाउदै अघि बढ्न कार्यकर्ताहरुलाई सुझाव दिए । कार्यक्रमा नेकपा एमालेको तर्फ निर्वाचित मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेल,नेकपा एमालेको केन्द्रिय सदस्य मंजु थापा,नेकपा एमालेको केन्द्रिय सदस्य बलबीर चौधरी,जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ का वडा अध्यक्ष चयन गुरुङ्ग लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस