आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट लागु औषध ट्याब्लेट सहित ४ जना पक्राउ

अखिलेश कुमार यादव २०८० पौष ९, सोमबार (४ महिना अघि) ४६० पाठक संख्या

बारा : बारा बाट प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय निजगढ र ईलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको टोलीले छेक जांच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।बाराको कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने वर्ष ४३ को जय शंकर प्रसाद यादव, कलैया १ बस्ने वर्ष २४ को मनिष कुमार साह,निजगढ नगरपालिका वडा नं.८ बुद्ध चोक बस्ने वर्ष २० को विवेक मोक्तान,जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१६ टांगिया बस्ने वर्ष २० को सागर तामाङलाई प्रतिबन्धित लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका हुन् ।

 

 

ईलाका प्रहरी कार्यालय सिमरा बाट खटेको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ३ बाट प्र.२-०३-०१६ प ०८८८ नं.को मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको फेनरागन- २९६ पिस ,डाईजेपाम- ३०३ पिस, बुप्रो नोर्फिन- ३०० पिस सहित जय शंकर प्रसाद यादव र मनिष कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढ बाट खटेको गस्ती टोलीले निजगढ नगरपालिका वडा नं.९ शहिद चोक स्थित बजार बाट • Tramanil- १८ पत्ता १८० ट्याबलेट प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ४ जनालाई नियन्त्रणमा राखेर ठप्प अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस