आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अशोक स्टील र जगदम्बा स्टीलको विद्युत कटौती, उधोगमा कार्यरत मजदुरहरु मर्कामा

अखिलेश कुमार यादव २०८० पौष ११, बुधबार (४ महिना अघि) ४१३ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र संचालनमा रहेका केहि उधोगले बिधुत खपत गरेको बापत महसुल न तिरे पछि बिधुत प्राधिकरणले बिधुत काटेपछि उधोगमा काम गरिरहेकाहरु मार्कामा परेका छन् । बिद्युत कटौतीको कारण देखाउँदै मजदुर कटौती गरिरहेको बिरोधमा बाराको सिमरामा बिभिन्न उधोगमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन् ।जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल,अशोक स्टील र हुलास स्टिलले खपत गरेको महसुल न तिरे पछि नेपाल बिधुत प्राधिकरणले उक्त उधोगको बिधुत काटेपछि त्यसमा कार्यरत मजदुरहरूले बिरोध प्रदर्शन गरेका हुन् ।

उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी सङ्कटमा परेको भन्दै उद्योग र प्राधिकरणबिचको द्वन्द्वको मारमा मजदुरहरुले आफूहरू परेको गुनासो गरेका छन् । बिधुत कटौती गरेको उधोग बाट आएका मजदुरहरुले ईलाका प्रहरी कार्यालय सिमरा र नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमरामा मजदुरहरुले ज्ञापन पत्र समेत बुझाएको छ ।ईलाका प्रशासन कार्यालय र नेपाल बिधुत प्राधिकरण माध्यमबाट नेपाल बिद्युत प्राधिकरण र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरुमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौं।’

उनीहरुले प्रदर्शनमा रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा ६ हजारभन्दा बढी मजदुरको रोजगारीमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ।

यता नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रमेश रुपाखेतीले सिमरा वितरण केन्द्रको मातहत रहेका ५ वटा उधोग बाट पांच सय पचास करोड इधुत महसुल उठाउने पर्ने बाकि रहेको बताएको छ ।नेपाल बिधुत प्राधिकरणले पत्राचार गरे अनुसारनै आफुहरुले महसुल तिर्न न सकेका केहि उधोगको लाईन काटिएको बताएको छ ।सिमरा बिधुत प्राधिकरण अन्तर्गत रहेका जगदम्बा स्टीलको ४ सय १४ करोड,असोक स्टीलको ७८ करोड ,हामा आइरनको ११ करोड ५० लाख ,हुलास स्टीलको ४३ करोड सूर्य नेपालको २ करोड ५० लाख रुपैयाँ बिधुत महसुल बाकि रहेको बताएको छ ।सिमरा वितरण केन्द्र भित्र रहेका अहिले जगदम्बा स्टील र अशोक स्टीलको बिधुत काटिएको समेत कार्यालय प्रमुख उपाखेतिले बताए ।

प्रतिक्रिया दिनुहोस