आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट अबैध भन्सार छलिका मोबाईल सहित एक जना पक्राउ

अखिलेश कुमार यादव २०८० पौष ११, बुधबार (४ महिना अघि) १९९ पाठक संख्या

बारा : भारतबाट भन्सार छलेर ल्याएको मोबाइल सहित प्रहरीले बाराको बारागढी गाउँपालिका ३ खोपवा बाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ३ का रुपन भन्ने रुपनारायन रहेको प्रहरीले जनाएको छ।

 

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा बाट गएको टोलिले रुप नारायणको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान अबैध मोबाईल भेटिएको बारा प्रहरीले जनाएको छ।प्रहरीले चौधरीको घर बाट ४८ थान चार्जर ब्याटरी ९ थान मोबाईलका कभर १४ थान गरि अन्दाजी १५ लाख मूल्य बराबरको मोबाईल सहित समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर थप्प अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस