आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्थायी पटके बाटो इजाजत शाखाको पथलैयामा उद्घाटन

अखिलेश कुमार यादव २०८० पौष १७, मंगलबार (४ महिना अघि) ४४२ पाठक संख्या

बारा : बारा जिल्लाको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गरिएको छ  ।सोमबार मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्रि चन्दन सिंहले बाराको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गर्नु भएको छ ।मङ्सिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरिएको थियो ।पहिला देखि पटके सवारी को अनुमति लिनको लागि बिरगंज र हेटौडा जानु पर्ने समस्याको समाधानको लागि बाराको पथलैयामा नै अस्थायी पटके इजाजत शाखा उद्घाटन गरिएको छ।

 

पटके इजाजत शाखा बाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घन्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए।  पथलैयामा पटके इजाजत शाखाको उद्घाटन भए पछि पथलैया बासीमा खुशी छाएको छ ।पटके सवारी इजाजत शाखा उद्घाटन भए पछि अब देखि पटके सवारीको अनुमति लिनको लागि बिरगंज र हेटौंडा जानू पर्ने बाध्यता हटेको स्थानिय पेशल मुलमीले बताए ।

अस्थायी पटके बाटो इजाजत पत्र उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैया अस्थायी पटके बाटो इजाजत शाखाको उद्घाटन हुनु सुखद रहेको तर मधेश प्रदेश सरकारले,लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता सेवा पथलैया बाट प्रदान गर्ने ब्यवस्था मिलाईदीन मन्त्री सिंह संग आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा सहभागि वक्ताहरुले पथलैया बाट नै सवारी नवीकरण र सवारी लाईसेन्स नवीकरण जस्ता सेवाहरु प्रदान गरिने माग गरेको थियो। उक्त उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख ,जनमत पार्टिका पर्सा इन्चार्ज ओमप्रकाश सराफ ,भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्ल मुल्मी, ट्राफिकका प्रहरी नायब उपरिक्षक माधव काफ्ले लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस