आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको खैर्वामा थारु समुदायको माघी महोत्सव सुरु,प्रदेश सभा सदस्य चौधरीले गरे उद्घाटन

अखिलेश कुमार यादव २०८० पौष २९, आईतबार (३ महिना अघि) २०० पाठक संख्या

बारा : थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघी पर्वका अवसरमा आईतबारदेखि बाराको जीतपुरसिमरा -११ को खैर्वामा दुई दिने माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारिणी सभा लगायत बिभिन्न संघसंस्थाहरुले आयोजना गरेको महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरु प्रदर्शनमा राखिएको छ ।

 

महोत्सवको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको छ। चौधरीले आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो। थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्नु थारु समुदायको लागि सुखद रहेको र आफुले आफ्नो तर्फ बाट थारु समुदायलाई सहयोग गर्ने उनले बताए । महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकारसहित कृषि औजार र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको मूल आयोजक समारोह समितिका अध्यक्ष अजय चौधरीले बताउनुभयो।

थारु सांस्कृति जोगाऊ ,आफ्नो पहिचान बनाउ नारासहित सुरु भएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीको पनि प्रस्तुति रहेको थियो।थारु भाषा, कला, संस्कृति, गीत, नाच र मौलिक खानाका परिकार संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ११ का वडाध्यक्ष बिन्दलाल साहले बताए । महोत्सवमा थारु समुदायका बिभिन्न खालका नाचहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ । साथै, थारु समुदायका बिभिन्न खानाका परिकार पनि महोत्सवमा राखिएको छ । थारु हस्तकला र गरगहना पनि महोत्सवमा प्रदर्शन गरिएका छन् ।

बारा,पर्सा,रौतहट लगाएत पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायले माघीलाई महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन्। माघी नजिकिएसँगै थारु गाउँमा रौनक बढेको छ । माघीमा साताव्यापी रुपमा नाचगान गर्ने र खानपिन गर्ने चलन छ ।उक्त महोत्सव उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी,वडा न १२ का वडाध्यक्ष श्यामबाबु खाँ,वडा न १३ का वडाध्यक्ष हेमनारायण चौधरी लागाएत थारु समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस