आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न 

एपी खबर २०८० माघ ९, मंगलबार (३ महिना अघि) १०४ पाठक संख्या

बारा : नेकपा एमाले निकट रहेको राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीको दोश्रो पूर्ण बैठक सोमबार सिमरामा सम्पन्न भएको छ ।राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटी अध्यक्ष लव अधिकारीको अध्यक्षता एवं राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको छ।

 

बैठकमा बोल्दै केन्द्रिय इन्चार्ज महेश बस्नेतले मुलुकको समकालिन राजनीतिको बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए। नेता बस्नेतले युवा संघकै समानान्तर कमिटी गठन गर्दै हिडेका युवाहरुलाई मुल नेतृत्वमा ल्याउन संघ लाग्नुपर्ने र अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझाएका थिए ।

 

बैठकमा पार्टीलाई एकताबद्ध बनाउन युवाहरुले खेल्नुपर्ने भूमिका, युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका, युवा संघका भावी रणनीति बारे छलफल भएको थियो।बैठकमा प्रदेश कमिटीका अध्यक्ष लव अधिकारी,उपाध्यक्ष विशाल साह शंकर,सचिव अशोक महतो,जीतपुरसिमरा उपमहानगर वडा न २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ ,वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ता,प्रेस चौतारी नेपाल मधेश प्रदेश उपाध्यक्ष अनिल तिवारी लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस