आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कति सफल कति असफल

एपी खबर २०८० माघ १७, बुधबार (३ महिना अघि) २०५ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको माघ १० गते उद्घाटन गरियो र माघ १३ गते सम्पन्न भयो ।३ दिन सम्म जनता माध्यमिक बिद्यालय रजघट्टामा चलेको तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उपमहानगर भरिका २० सामुदाकि र १६ नीजि गरी ३६ विद्यालयले भाग लिएको थियो । भलिबल, कबड्डी, फुतबल, क्रिकेट, एथलेटिक्स, कराँते र तेकवान्डो गरी ७ खेल समावेस गरिएको थियो । प्रतियोगिता अन्तर्गत १२४ वटा खेल भएको थियो । जस्मा २४३ जना छात्रा र ३३१ जना छात्रगरी ५७४ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएको थियो ।

 

तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जीतपुरसिमरा उपमहानगरमा कति सफल र कति असफल भए

 

जीतपुरसिमरा शनिवार सम्पन्न तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई लिएर अहिले उपमहानगरमा बिभिन्न किसिमको टिका टिप्पणी समेत हुन् थालेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको टिका टिप्पणी सुरु भए पछि हामीले यो प्रतियोगिता कतिको प्रभावकारी भयो भनेर केहि बिद्यार्थी संग जिज्ञासा समेत लिएका छौं ।

 

सखुवाघाट्ट बिद्यालय बाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन् आएको मंगल तामाङ्गले तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडीलाई सम्मान व्यवहार न भएको बताएको छ ।स्वर्ण पदक बिजेता समेत रहेको उक्त बिद्यालयका बिद्यार्थीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मुख्य खेल भित्र समेत न रहेको क्रिकेट र फूटबलमा आयोजक बिद्यालयले मेडल वितरणमा भेदभाव गरे पछि प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले यस प्रति दुखेसो समेत पोखेका छन् ।सबै खेलमा खेलाडी संग एउटै सम्मान र मेडल हुनु पर्ने ठाउँमा आयोजकले खेलको नियम अनुसार सम्मान नगरेको मंगल तामाङ्गले बताए ।तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको ट्रफी र मेडल प्रति धेरै बिद्यालयले असन्तुष्टि जनाए पनि आयोजकले त्यस गुनासोलाई समेट्न सकेन ।

 

तेश्रो राष्ट्रपति रनिङ्घ शिल्ड प्रतियोगितामा वडा अध्यक्षहरुको पनि असन्तुष्टि

 

शनिवार जीतपुरसिमरा उपमहानगर स्तरीय सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिद्यार्थी मात्र न भएर जीतपुरसिमरा उपमहानगरका वडा अध्यक्षहरुले नै असन्तुष्टि जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकांश वडा अध्यक्षहरुले असन्तुष्टि जनाउदै उक्त प्रतियोगितामा सहभागी समेत भएको छैन ।यसै बिचमा हामीले जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का वडा अध्यक्ष हरिदेव खरेल संग तपाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रति किन असन्तुष्टि जनाउनु भएको छ भनेर प्रश्न समेत सोधेका छौं ।

 

यस प्रश्नको जवाफ दिदै वडा अध्यक्ष हरिदेव खरेलले उपमहानगरले बेमौसमको बाजाको लागि मात्र यो प्रतियोगिताको आयोजना गरेको र नगरभित्रका शिक्षा सुधार्ने नगरभित्रका बिद्यालयमा खेलकुदको स्तर बढाउने जुन योजनाको साथ् कार्यक्रम हुनु पर्ने थियो त्यस्तो हुन् नसकेको कारण आफुले उक्त प्रतियोगिता प्रति असन्तुष्टि जनाएको उहाँले बताउनु भयो ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्वार्थको लागि मात्र आयोजना गरेको कारण वडाअध्यक्षहरुले उक्त प्रतियोगितालाई महत्व न दिएको बुझिएको छ ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आफ्नो भक्ति गीत गाउनेहरु संग मात्र सल्लाह गरेर आयोजना गरिएको र १० लाख रुपैयाँको दुरुपयोग भएको भनेर धेरै वडा अध्यक्षहरुले असन्तुष्टि जनाएको वडा अध्यक्ष हरिदेव खरेलले बताउनु भयो ।वडाअध्यक्ष र बिद्यार्थीहरुले नै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा असन्तुष्टि जनाए पछि उपमहानगरको १० लाख बजेट बालुवामा खेर गएको आंकलन समेत हुन् थालेको छ ।

प्रतिक्रिया दिनुहोस