आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तिन महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु

अखिलेश कुमार यादव २०८० फागुन ४, शुक्रबार (२ महिना अघि) २६८ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ८ मा तिन महिने सिलाईकटाई तालिम सुरु भएको छ । स्थानिय महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउनका श्रम बिकास नेपाल कलैयाको आयोजनामा बिहिवार देखी तालिम सुरु भएको हो । जीतपुरसिमरा उपमहानगरको ४ लाख ९६ हजार को आर्थिक सहयोगमा संचालन भइरहेको तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । जीतपुरसिमरा उपमहानगर वडा न ८ को अध्यक्ष शिवशंकर महतो कोईरीको  सभापतित्वमा सुरु भएको कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथी रहनुभएको थियो ।

 

तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख अधिकारीले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।“हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्” नगर उपप्रमुख अधिकारीले भन्नुभयो, “अब क्षमता लुकाएर होईन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् ।”तालीम पश्चात ब्यवसायिकरुपमा उत्पादन भएका सामग्रीहरुले बजार नपाएमा जीतपुरसिमरा उपमहानगरपालिकाले सहजीकरणको ब्यवस्था मिलाउने नगर उपप्रमुख अधिकारीको भनाई थियो ।

 

 

संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने मुख्य उद्धेश्यले तीन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको वडा अध्यक्ष शिवशंकर महतो कोईरीले बताउनुभयो । “महिला दिदीबहिनीहरुलाई सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसरकोरुपमा मैले लिएको छु” अध्यक्ष कोईरीले भन्नुभयो, “तसर्थ तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सकिन्छ ।”

उद्घाटन समारोहमा वडा सदस्य गङा पटेलले सिकाईलाई आर्थिक पक्षसँग जोड्नु आजको समयको माग भएको र तालिमको मुख्य उपलब्धी पनि सोही रहेको विचार ब्यक्त गर्नुभयो ।उक्त सिलाई कटाई तालिममा वडा सदस्य वडाका कर्मचारी संदेश सिंह लगाएत वडाका महिलाहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस