आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा साेमबारदेखि लगाइएको कर्फ्यू बुधवार राति १० बजे सम्मको लागि हटाईयो

एपी खबर २०८० फागुन ९, बुधबार (२ महिना अघि) १८६ पाठक संख्या

पर्सा : सोमबार बेलुकादेखि पर्साको वीरगन्जमा लगाइएको कर्फ्यू बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ । रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएकाले निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि वीरगन्जका केही भागमा कर्फ्यू लगाएको थियो ।

 

वीरगन्जमा साेमबारदेखि दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण उत्पन्न तनावकाे स्थिति साम्य हुदै गएकाेले सर्वसाधारण नागरिककाे सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि साेमबार साँझदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

 

प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ । बुधबार बिहान १० बजे फेरि बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने अवस्था सामान्य बन्दै गएकाे देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेकाे भुसालले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस