आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा चोरीको घटना बढ्दै :एक सप्ताह नबित्दै ३ वटा चोरीको घटना बाहिरियो

एपी खबर २०८० फागुन ९, बुधबार (२ महिना अघि) २८८ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा लगातार चोरीको घटना बढ्दै गइरहेको छ । एक सप्ताह नबित्दै जीतपुरसिमरामा ३ वटा चोरीको घटना बाहिरिएको छ । फाल्गुन ३ गते सिमरामा दिपेन्द्र मैनालीको घर बाट करिब १२ लाख मुल्य बराबरको समान चोरी भएको थियो भने सोमबार राति पथलैया स्थित सुभद्रा न्यौपानेको घरमा समेत चोरी भएको छ ।

 

एक सप्ताह नबित्दै जीतपुरसिमराको ३ वटा घरमा चोरी भएको घटना बाहिरियो पनि प्रहरी अहिले सम्म चोरलाई पक्राउ गर्नसकेको छैन । गएराति चोरहरुले सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्ग बाट समेत नगद ७० हजार र २ वटा ल्यापटप चोरी गरेको छ । जीतपुरसिमरा चोरहरुको समुह अहिले सक्रिय बन्दै गएको छ । चोरहरुले घरमा कोहि नभएको बेला मौका छोपी घरमा चोरी गर्ने गरेको छ । जीतपुरसिमरा उपमहानगरमा प्रहरीको फितलो सुरक्षाको कारण दिनानुदिन चोरीको घटना बढ्दै गएको स्थानीयहरुले बताएको छ । १ सप्ताह नबित्दै जीतपुरसिमरा बाट २० लाख मुल्य बारबारको समान चोरहरुले चोरी गरेर लागेको छ । घरमा कोहि नभएको बेला चोरहरुले राति ढोकाको ताल्चा फुटाएर चोरी गर्ने गरेको छ ।जीतपुरसिमरामा सहकारी देखि लिएर बिद्यालय,घरमा चोरीको घटना बढे संगै अहिले स्थानीयहरु चोरहरु संग त्रसित भएको छ । यता ईलाका प्रहरी कार्यालय सिमराले चोरहरुले घरमा कोहि नभएको मौका छोपेर चोरी गर्ने गरेको र घर धनिहरुले घरमा आफु नभएको जानकारी नदिएको कारणले चोरीको घटना बढेको बढाएको छ । आफुहरु चोरहरुलाई नियन्त्रणमा लिनको लागि अहिले अनुसन्धान गरिरहेको बताएको छ । घर, सहकारी तथा बिद्यालयको भवनबाट चोरी भए पनि अहिलेसम्म चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ परेका छैनन् । जनताको सुरक्षामा खटेको प्रहरीको फितलो सुरक्षाको कारण चोरीको घटना बढेकोले अहिले स्थानीयहरु त्रसित बनेको छ ।

प्रतिक्रिया दिनुहोस