आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक बनेको तिन वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको भन्दै मुआब्जा पिडतहरु आन्दोलित

अखिलेश कुमार यादव २०८० फागुन १०, बिहिबार (२ महिना अघि) २१८ पाठक संख्या

 बारा । सरकारले सडक बनेको तिन वर्ष बितिसक्दा पनि बाराका तामागढी–सिमरौनगढ सडक खण्डको मुआब्जा वितरण नगर्दा उक्त सडक खण्डमा जग्गा परेकाहरू अहिले आन्दोलित भएका छन् । मुआब्जा पिडितहरुले बिहीबार बाराको निजगढमा आन्दोलन गरेका छन् । तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले निजगढमा सडक बन्द गरेर बिरोध प्रदर्शन गरेका छन् ।तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरुको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । सहभागीहरूले बाटोको मुआब्जा ब्याजसहित दिलाइदेउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध प्रदर्शन गरिरहेको छ ।

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगञ्ज कार्यालयको कार्यक्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँबायाँबाट १५÷१५ मिटर अधिग्रहण गरी सडक निर्माण भएको थियो । यो सडकले दक्षिणमा दसगजादेखि बीचमा हुलाकी मार्ग हुँदै उत्तरमा पूर्व–पश्चिम राजमार्ग तथा निजगढ–काठमाडौं द्रुतमार्गलाई जोड्छ । सिम्रौनगढ, कोल्हवी नगरपालिका र बारागढी, आदर्श कोतवाल गाउँपालिका गरी चार पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइमा बनेको छ ।नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सडकखण्डको निर्माण २०७७ चैत १९ हाते सम्पन्न भएको थियो । सडक खण्डको कोल्हबी नगरपालिकाको पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी र हुलाकी आयोजनाको निवर्तमान प्रमुख दरोगा साहले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन् । मुआब्जा पिडितहरुले यो भन्दा पहिला कोल्हवी र सिमरौनगढमा बिरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस