आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पचरौता नगरपालिकामा एकैदिन बर्थिङ्ग सेन्टर र वडा कार्यालय भवनको शिलन्यास

अखिलेश कुमार यादव २०८० फागुन १०, बिहिबार (२ महिना अघि) २५० पाठक संख्या

बारा ; जिल्लाको पचरौता नगरपालिकाकामा एकैदिन बर्थिङ्ग सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । पचरौता नगरपालिका नगर प्रमुख जलन्धर सिंहले एक कार्यक्रमका बीच बुधबार बर्थिंग सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरेका हुन । पचरौता नगरपालिका वडा नं ७ स्थित भिखना पोखरिको डीलभित्र बर्थिंग सेन्टरको भवन र वडा न ७ को वडा कार्यालयको भवनको शिलान्याश गरेका हुन । ६० लाखको लागतमा बर्थिङ्ग सेन्टर र १ करोडको लाह्तामा वडा कार्यालयको भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।
शिलान्याश कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले,सुत्केरी हुन सदरमुकाम कलैया,बिरगंज अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्नको लागि बर्थिङ्ग सेन्टर निर्माण गर्न लागेको बताए । “नगरपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ”, उनले भने,“आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ।” उक्त शिलान्यास कार्य्रकममा पचरौता नगरपालिकाका उप प्रमुख नसीमा खातून, वडा अध्यक्षहरु लक्ष्मी यादव, बनारसी मुखिया, धेनुक मुखिया, स्थानीय नेताहरु सुरेश यादव, भैयाराम सहनी, नेवाजी अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस