आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा बाट १ थान कटुवा पेस्तोल सहित २ जना प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० फागुन १०, बिहिबार (२ महिना अघि) २४२ पाठक संख्या

बिरगंज : पर्सा बाट प्रहरीले १ थान कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले पर्साको बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर ठप्प अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस