आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बकुलियामा दलित उत्थान कार्यक्रम अन्तर्गत दलितहरुलाई सामाग्री हस्तान्तरण

AuthorAP Khabar२०८० फागुन २८, सोमबार (१ महिना अघि) १७१ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ मा सोमबार दलित उत्थान कार्यक्रम अन्तर्गत दलित समुदायहरुको लागि टेन्ट सहित भाडा हस्तान्तरण गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि र वडा न ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले संयुक्त रुपमा बकुलियाका दलितहरुको लागि टेन्ट भाडा हस्तान्तरन गरेको वडा सचिव अर्जुन पाण्डेले जानकारी दिए ।वडा न ५ को वडा स्तरीय दलित उत्थान कार्यक्रम बजेट शिर्षक बाट १ लाख ३० हजार बराबरको सामाग्री सोमबार हस्तान्तरण गरिएको छ ।वडा भित्र दलित समुदायहरुको घरमा कुनै कार्यक्रममा या बिहेमा भोजको लागि आवश्यक पर्ने भाडा र टेन्ट नभएको बेला दलित समुदायको स्थानीयहरुको आग्रहमा उक्त सामाग्री हस्तान्तरन गरिएको वडाध्यक्ष दिपेन्द्र चौधरीले बताए ।उक्त सामाग्री हस्तान्तरन कार्यक्रममा बोल्दै उपमहानगर उपप्रमुख अधिकारीले वडाले दलित उत्थान कार्यक्रम अन्तर्गत दलित समुदायलाई उपलब्ध गराएको सामाग्री अति राम्रो भएको बताए ।

त्यस्तै उपप्रमुख अधिकारीले दलित समुदायको समस्यालाई आफ्नै समस्या सम्झेर त्यसलाई समाधान गर्नु पर्नेमा जनप्रतिनिधिलाई लाग्न आग्रह समेत गरे ।बिहेमा भोज भतेरको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री बकुलियाका दलित समुदायमा उपलब्ध गराईएको छ ।उक्त सामाग्री हस्तान्तरण कार्याक्रममा वडा सदस्य इन्दल पासवान,बिमला देवी पासवान,इश्वर चौधरी वडा सचिव अर्जुन पाण्डे लगाएत दलित समुदायको स्थानियाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस