आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागुऔषध सहित बारा बाट एक जना पक्राउ

एपी खबर २०८० फागुन ३०, बुधबार (१ महिना अघि) २८६ पाठक संख्या

बारा : बारा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले विशेष सूचनाको आधारमा निजगढ नगरपालिका वडा नं.१६ टांगिया बस्ती बस्ने अं.वर्ष २७ को अजय घलान भन्ने कान्छाराम तामाङको घरमा खानतालासी गर्दा लुकाई छिपाई राखेकोको अवस्थामा लागुऔषध फेला परेको बारा प्रहरीले जनाएको छ ।

 

अजय घलानले घरमा लुकाई छिपाई राखेको अवस्थामा ड्रामाटोल १२०५ पिस,नाईट्राभेट ७५ पिस, एन्टिकफ ६६ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घलान माथि लागुऔषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट दिन ३ (तिन) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको डिएसपी दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस