आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना युवकको मृत्यु 

एपी खबर २०८० चैत्र १८, आईतबार (१ महिना अघि) १८९ पाठक संख्या

रौतहट : नेपालमा अहिले दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । आइतबार बिहान रौतहटमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगरपालिका ४ इनरवारी घर भएका बर्ष २५ को सुरेश पासवानको मृत्यु भएको छ ।

 

एक आपसमा बिआर ३० यु ८७६७ होन्डा साइन र बिआर ०५ बि बि २८४० नम्बरको अपाचे दुई मोटरसाइकल परोहा नपाको बसन्तपट्टी र लौकाहाको बिचमा ठोक्किदा पासवानको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उहाँको निधन भएको थियो।घटना बारे ठप्प अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस