आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फत्तेपुरमा सार्वजनिक जग्गामा बनेको टहरा माथि चल्यो उपमहानगरको डोजर

अखिलेश कुमार यादव २०८० चैत्र १८, आईतबार (१ महिना अघि) २१४ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको टहरा माथि उपमहानगरले डोजर चलाउन सुरु गरेको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले आइतबार देखि सुरु गरेको छ । स्थानीयहरुले फत्तेपुर बजारमा बनाएको टहरा हटाउन सहमति गरेको थियो तर उपमहानगरले तोकेको समयमा टहरा नहटाए पछि उपमहानगरले आइतबार देखि डोजर लगाएर टहरा हटाउन सुरु गरेको छ ।

साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कट्टा सार्वजनिक जग्गा मध्ये ६ कट्टा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कट्टा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छ ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भयो । उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ ।उपमहानगरले पटक पटक सुचना निकालेर सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन भने पनि स्थानीयहरुले अटेर गर्दै आएको कारण आइतबार उपमहानगरले तोकेको म्याद सके पछि डोजर लगाएर तत्काल जिर्ण अवस्थामा रहेको टहरा हटाउन सुरु गरिएको जीतपुरसिमरा उपमहानगरपालिका-१२ का वडाध्यक्ष श्यामबाबु खाँले बताए ।उनले भने हामीले पटक पटक सुचना जारि गरेर बनाईएको टहरा हटाउन अनुरोध गर्दै आइरहेका छौ तर कसैले टहरा हटाउन नमाने पछि उपमहानगरले डोजर लगाएर हटाउने बताए ।सार्वजनिक जग्गामा घरायसी र व्यावसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी छ भने निजी बोडिङ स्कुल पनि सञ्चालनमा छ । निजि बोर्डिङ्ग स्कूलले आफैले खालि गरेको छ भने अहिले पनि केहि व्यक्तिले जग्गा खालि गर्न नमाने पछि चैत २५ गते सम्म सबैले आ-आफ्नो समान हटाउनको लागि उपमहानगरले अनुरोध गरेको छ । फत्तेपुर बजारको वैज्ञानिक व्यवस्थापन र जीर्ण रहेको वडा कार्यालयको भवन निमार्णको लागि सार्वजनिक जग्गा खाली गर्न स्थानीयहरूको दायित्व भएको र उपमहानगर यस्ता सराहनीय कार्यमा सबैले सहयोग गर्नु आवश्यक रहेको स्थानीय इश्वर ढकालले बताए ।उपमहानगरको वडा नं १२ मा व्यावसायिक तरकारी खेती, माछा पालन, हुने गर्दछ । सो सार्वजनिक जग्गामा विगत लामो समयदेखि सातामा २ दिन कृषि हाटबजार लाग्ने गर्दछ । वडाको अनुसार आज जिर्ण अवस्थामा रहेको टहरा माथि डोजर चलाईएको र चैत २५ गते सम्म खालि न भए उपमहानगरले सिधै सार्वजनिक जग्गामा बनाएको टहरा माथि डोजर चलाउने जीतपुरसिमरा उपमहानगर उपप्रमुख भोला प्रसाद अधिकारीले बताए ।खी स्थानीयहरुले आफुहरुले टहरा हटाउन भने पनि केहि स्थानीयले टहरा नहटाउने बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस