आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचौ बकुलिया भवानीपुर गोल्ड कपः निजगढलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र १८, आईतबार (१ महिना अघि) १९३ पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका -५ बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई पराजित गर्दै जन कल्याणकारी क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।निजगढलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ७ का खेलाडी सुशान्त चौधरीले एक गोल गरे । निर्धारित समयमा निजगढले कुनै गोल फर्काउन नसकेपछि सुशान्त चौधरीको गोल आयोजक टिमको लागि निर्णायक बन्यो । खेलको दोस्रो हापको ३३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका सुशान्त चौधरीले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता सुशान्त चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको तेस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल यादव मैन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा चैत्र १९ गते सोमबार हर्दि युवा समाज चितवन र सशस्त्र प्रहरी बल नेपाल पिलुवा बारा बिच अन्तिम क्वाटरफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस