आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक बन्छ : उपाध्यक्ष इश्वर पोखरेल

अखिलेश कुमार यादव २०८० चैत्र १९, सोमबार (१ महिना अघि) १९० पाठक संख्या

बारा : नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना भएको बताउनु भएको छ । कलैयामा आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले निजगढ— काठमाण्डौ फास्ट ट्रयाक अल्मलिन खोज्दै गरेको भए पनि हामीले फास्ट ट्रयाक बनाएर नै छाड्ने बताए ।फास्ट ट्रयाकलाई अल्मिलाउन चाहने जो कसैलाई पनि छुट दिने छैनौ र अब फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय स्थल बारा जिल्लामा छिटै बन्ने उपाध्यक्ष पोखरेलले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बताए ।वर्तमान सरकार फरक पार्टी र विचार बिचको गठबन्धन नभएर राष्ट्रिय आवश्यकता भएको भन्दै उपाध्यक्ष पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको बताउनुभयो । एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सुरु भएको जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले गमलामा पानि राखेर उद्घाटन गरेको थियो ।नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशनमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मण्डल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली मधेश प्रदेशका भौतिक पूर्वधार मन्त्री सरोज यादव लगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो । अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए। अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकांक्षीहरुले अधिवेशनका प्रतिनिधिहरूसँग भेटघाट र मत माग्न सुरु गरिसकेका छन्। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ।अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पूर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तीन कार्यकाल जिल्ला सचिव भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको वर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन्।

प्रतिक्रिया दिनुहोस