आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र १९, सोमबार (१ महिना अघि) १५६ पाठक संख्या

बारा : बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत निकालेको थियो । हर्दि युवा समाजको जीतमा जर्सि नम्बर ६ का खेलाडी चिश्चल वस्नेत र जर्सि नम्बर १६ का खेलाडी संजय चौधरीले एक एक गोल गरे ।

 

सशस्त्रको तर्फबाट जर्सि नं. १४ का खेलाडी युवराज राईले एक गोल गरेका थिए । खेलको पहिलो हापको १५औँ मिनेटमा सशस्त्र प्रहरी पिलुवाको तर्फबाट युवराज राईले पहिलो गोल गरेका थिए । पहिलो हापको २२औँ मिनेटमा हर्दि युवा समाजको तर्फबाट पेनाल्टी सुटलाई सदुपयोग गर्दै चिश्चल वस्नेतले आफ्नो टिमलाई सशस्त्र संग बराबरीमा पुगाए । खेलको दोस्रो हापको ४२औँ मिनेटमा हर्दि युवा समाजका संजय चौधरीले गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका थिए । निर्धारित समयमा सशस्त्रले गोल फर्काउन नसके पछि चौधरीको गोल हर्दि युवा समाजको लागि निर्णायक बन्यो ।

 

जन जनकल्याकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच हर्दि युवा समाजका क्याप्टेन अन्जन चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको दोस्रो खेलको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नं. ४० रिजर्भगणका गणपती प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्री रहनु भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा चैत्र २१ गते पर्सागढि युवा स्पोर्ट क्लब बढनिहार र आयोजक बकुलियो भवानीपुर बिच पहिलो सेमिफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस