आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट हुण्डीकारोबार गरेको आरोपमा २ जना पक्राउ

एपी खबर २०८० चैत्र २०, मंगलबार (१ महिना अघि) १४४ पाठक संख्या

बारा : बारा प्रहरीले हुण्डीकारोबारको आरोपमा २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाट बिशेष सुचनाको अधारमा खटेको प्रहरीको टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्ड बाट २ जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

 

प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा लुकाई छुपाई गरि ल्याउने क्रममा श्रोत नखुलेको अवैध रकम सहित पर्सा जिल्लाको पोखरिया नगरपालिका -१ बस्ने मोटरसाइकल चालक हरिकिशोर पटेल र बारा जिल्लाको महागढीमाई नगरपालिका-१ बस्ने रमेश प्रसाद कुशवालाई पक्राउ गरेको छ ।पटेलले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न दरको नेपाली रू.१३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।उनिहरुको सथाबाट ४ थान मोबाइल पनि बरामद गरिएको छ । उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसनधान कार्य भई रहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले पत्रकार सम्मेलन आयोजना गरि यसबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस