आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरले मनायो ६७ औं राष्ट्रिय सहकारी दिवस

एपी खबर २०८० चैत्र २०, मंगलबार (१ महिना अघि) १२७ पाठक संख्या

बारा : ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय सहकारी दिवस २०८० बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । एक औपचारिक समारोह आयोजना गरि जीतपुरसिमराका क्रियाशील विभिन्न सहकारी संस्थाहरूले एकै मन्चबाट ६७ औं सहकारी दिवस मनाएका हुन। राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सहकारीले उद्देश्य अनुरुप काम गर्नुपर्ने बताए। ‘सुखी नेपाली समृद्द नेपालको नारालाई सार्थकता तुल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने बताउंदै नगरप्रमुख पौडेलले सहकारीले उद्यमशिलतामा आधारित रहेर लगानी दिनुपर्नेमा जोड दिए ।त्यस्तै नगर प्रमुख पौडलले जीतपुरसिमरा भित्र एक सहकारी संस्थामा सहभागी भएको सदस्यले अर्को सहकारी संस्थामा सहभागी हुन् न पाउने नीति र नियम उपमहानगरले लागु गर्ने समेत बताए ।जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र संचालनमा रहेका बिभिन्न सहकारी संस्थालाई ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मान समेत गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्दै उपमहानगर उपप्रमुख भोला प्रसाद अधिकारीले कारोबारी सदस्य बनाएर ब्याजको प्रलोभन देखाई संचालनमा आएका केहि टुरिस्ट सहकारीको कारण वास्तविक सहकारी बदनाम भएको बताउंदै उनीहरूले देशभर रहेका २९ हजार सहकारीमा एक करोड भन्दा बढी सदस्य रहेको र हजारौले रोजगारको अवसर पाएको साथै देशको अर्थतन्त्रको मेरुदण्ड समेत भएको बताए ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उपमहानगरको कार्यालय बाट प्रभातफेरी समेत निकालिएको थियो । जीतपुरसिमरा उपमहानगर उपप्रमुख भोला प्रसाद अधिकारीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन सहकारी शाखा प्रमुख सुदन चौधरीले गर्नु भएको थियो । उक्त सहकारी दिवस कार्यक्रममा उपमहानगर भित्र संचालनमा रहेका सहकारी संचालक लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस