आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु

एपी खबर २०८० चैत्र २१, बुधबार (१ महिना अघि) ८४ पाठक संख्या

वीरगञ्ज –पर्सामा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।दुर्घटनामा परी ना ७ प २६०३ नम्बरको मोटरसाइकल चालक पर्साको जगरनाथपुर गाउँपालिका–६ का ४२ वर्षीय हरिन्द्र चौधरीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

 

उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। अर्को मोटरसाइकलका चालक वीरगञ्ज महानगरपालिका–३ छपकैयाका जाबेद आलम गम्भीर घाइते भएका छन्। उनको नारायणी अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताए।

 

प्रतिक्रिया दिनुहोस