आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयोजकले उचाल्यो पाँचौ बकुलिया भवानीपुर गोल्डकपको उपाधी

एपी खबर २०८० चैत्र २३, शुक्रबार (४ हप्ता अघि) १६८ पाठक संख्या

बारा ।आयोजकले पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को उपाधी उचालेको छ । बाराको बकुलियामा आयोजित पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले एभेरेष्ट फुटबल सर्लाहीलाई स्तब्ध पार्दै उपाधी उचालेको हो । फाईनल खेलमा आयोजकले ४–२ को जीत निकालेको थियो । आयोजकको जीतमा जर्सि नम्बर १२ का खेलाडी आदित्य साक्य, जर्सि नम्बर ७ का खेलाडी सुशान्त चौधरी, जर्सि नम्बर ९ का खेलाडी मोहित गुरुङ र जर्सि नम्बर १६ का खेलाडी अजित चौधरीले एक एक गोल गरेका थिए । निर्धारित समयमा सर्लाहीले ४ को विरुद्धमा मात्र २ गोल मा फर्काउन सक्यो ।

 

खेल सुरु भएको ५औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका आदित्य साक्यले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए । खेलको ४० औँ मिनेटमा सर्लाहीका जर्सि नम्बर ८ का खेलाडी क्षिजित भण्डारीले एक गोल गर्दै आफ्नो टिमलाई बराजबीको अवस्थामा पुगाएका थिए । यता सर्लाहीले गोल गरेको ठिक १ मिनेट भित्रैमा आयोजक क्लबको तर्फबाट सुशान्त चौधरीले आफ्नो टिमको लागि दोस्रो गोल गर्दै आफ्नो टिमलाई १ गोलको अग्रता दिलाएका थिए । खेलको ६० औँ मिनेटमा आयोजक क्लबका खेलाडी मोहित गुरुङले एक र ७७ औँ मिनेटमा अजित चौधरीले थप एक गोल गरे । ४–१ को अवस्थामा रहेको खेललाई सर्लाहीका जर्सि नम्बर ६ का खेलाडी लालधोज मगरले ८३ औँ मिनेटमा आयोजक विरुध थप एक गोल फर्काए थिए ।

 

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच आदित्य साक्य घोषित भए । प्रतियोगिता भरको उत्कृष्ट फर्वाड खेलाडी सर्लाहीका क्षितिज भण्डारी, उत्कृष्ट डिफेन्स खेलाडी आयोजक क्लबका अजय चौधरी, उत्कृष्ट गोलरक्षक आयोजक क्लबका युनेस चौधरी, उत्कृष्ट मिडफिल्डर आयोजक क्लबका मोहित गुरुङ, उत्कृष्ट कोच आयोजक क्लबका घनश्याम चौधरी, प्रतियिोगिताको उदयीमान खेलाडीको रुपमा आयोजकको अजित चौधरी र प्रतियोगितको उत्कृष्ट खेलाडीको रुपमा आयोजक क्लबका असमित चौधरी घोषित भएका थिए ।

 

पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को समापन समाह्रोहमा राष्ट्रिय टिमका खेलाडी अजय चौधरीलाई सम्मान समेत गरिएको थियो । उँहा आयोजक क्लबका खेलाडी पनि हुन् ।प्रतियोगिताको संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको फाईनल खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनु भएको थियो ।

 

कार्यक्रममा हरीपुर नगरपालिका सर्लाहीका नगर प्रमुख गोपाल पंजियार, समाजसेवी कृष्णा बर्त सिंह, सशस्त्र प्रहरी नं. ४० रिजर्भगण पुवालाका गणपति प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल बकुलिया भवानीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक कुमार बराल, जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतका वडा कार्यालयका वडा अध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लयागत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता विजेता आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले नगद रु २ लाख सहित प्रमाणपत्र, मेडल र सिल्ड प्राप्त गर्यो । प्रतियोगिताको उपविजेता एभेरेष्ट फुटबल क्लब सर्लाहीले नगद रु १ लाख सहित प्रमाणपत्र, मेडल र सिल्ड प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस