आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा गोल्ड कपको सम्पूर्ण तयारी पुरा,खेलकुद मन्त्री श्रेष्ठले उद्घाटन गर्ने

एपी खबर २०८० चैत्र २३, शुक्रबार (४ हप्ता अघि) १३६ पाठक संख्या

बारा ; जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा बारा जिल्लाका विभिन्न क्षेत्रबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।

 

प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र बीरगञ्ज युनाईटेड क्लब बीरगञ्जको बीचमा हुनेछ । फ्लड लाईटमा साँझ ६ः३० बजेबाट शुरु हुने प्रतियोगिताको सबै खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने आयोजकले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा सुरु हुन् लागेको प्रतियोगिताकाो विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् । रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गतबर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनिहोटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरतादिने जनाएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस