आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेको अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित

एपी खबर २०८० चैत्र २४, शनिबार (३ हप्ता अघि) १५६ पाठक संख्या

बारा :नेकपा एमाले बाराको ११ औं अधिवेशन बाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएको छ ।अध्यक्ष पाण्डेले प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याईन । पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ । उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।

 

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस