आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१४ औं जीतपुरसिमरा गोल्डकप सुरु : उद्घाटन खेलमा आर्मीको संघर्षपुर्ण जीत

एपी खबर २०८० चैत्र २४, शनिबार (३ हप्ता अघि) ११५ पाठक संख्या

सिमरा : बीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको १४ औं जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज शुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । बीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टी मार्फत खेलको ४१ औं मिनटमा अग्रता बनाएका थिए । आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका फागुरामलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले बीरगञ्जलार्य पेनाल्टीको मौका दिएका थिए ।

 

आर्मीका कमलथापाले पहिलो हाफमै बराबरी गोल फर्काउँदै आर्मीका समर्थकलाई खुशी पारे । खेलको ४४ औं मिनटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए । दोश्रो हाफम ाबीरगञ्जविरुद्ध आर्मीले शुरुवाती अग्रता लियो । खेलको ६१ औं मिनटमा आकर्षक फ्रिकिक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रतादिलाएकाथिए । करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्रिकिकलाई बीरगञ्जकागोलरक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन् ।

 

शूरुवातीअग्रता उल्टिएपछि आक्रामक बनेको बीरगञ्जका लागि फागुराम चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै बराबरीमा ल्याए पनि जीतका लागि पर्याप्त बन्न सकेन । खेलको ८२ औं मिनटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउण्टर अट्याक मागोल गरेका थिए । दोश्रो हाफको इन्जुरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे । बीरगञ्जका डिफेण्डरहरुको गल्तीको सुदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए ।

 

खेलको म्यान अफदि म्याच आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार सहित ट्रफि प्राप्त गरे । आइतबार साविकविजेताचर्च ब्वाईज युनाईटेड र सिराहाको सलहेस युवाक्लबकाविचमा खेल हुनेछ । यसअघि सिमरा रङ्गशालामा आयोजित उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा एन्फा महासचिब किरण राई, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । आयोजक क्लबले उद्घाटन समारोहकाअवसरमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रबाट फुटबलको विकासमा योगदान पु¥याएका खेलाडी तथा अन्यग रि १७ व्यक्तिलाई विशेष सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस