आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा गोल्डकप : साविक विजेतालाई पराजित गर्दै सिरहा अन्तिम चारमा प्रवेश

एपी खबर २०८० चैत्र २५, आईतबार ( ५ महिना अघि) २०४ पाठक संख्या

बारा : साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जितदर्ता गर्यो। खेलको १४ औं मिनटमा सिराहाकालागिआशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल गर्यो। चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए पनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईजपुनः २–१ गोल अन्तरले पछाडी पर्यो ।

 

चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औं मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो ।अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिंदै बराबरी गर्यो । खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बलगोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।

 

अन्तिम समयमाभएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादब उत्साहित हुँदै मैदानभित्रै प्रवेश गरेका थिए । खेलको म्यान अफदि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस