आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएशनको शाखा कार्यालय अमलेखगंजमा तालाबन्दी

एपी खबर २०८० चैत्र २६, सोमबार (३ हप्ता अघि) २२८ पाठक संख्या

बारा : नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनद्वारा ८० करोड रुपैयाँ हिनामिना भएको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले छानबिनको माग गरेको छ । २०६८ सालदेखि पेट्रोलियम डिलर्स एशोसिएशनले कागजको चिर्कटोमा बिमाको रकम काट्दै आएको र सो रकम बिमा कम्पनीमा जम्मा नगरेको भन्दै पेट्रोलियम व्यवसायी संघले पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएशनको शाखा कार्यालय अमलेखगंजमा तालाबन्दी गरेको छ ।

 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले २०६८ सालदेखि आन्तरिक ढुवानी बिमाबापत सङ्कलन गरेको रकममध्ये ८० करोड २७ लाख ९४ हजार ३० रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।बर्षौ देखि मिहिनेत गरेर बिमा बापत जम्मा गरेको रकम नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले हिनामिना गरेको कारण आफुहरुले अमलेखगंज स्थित रहेको शाखा कार्यालयमा तालाबन्दी गरेर सरकारको ध्यानआकर्षण गराईएको बिमाकर्ताहरु बताउछ ।पेट्रोलियम व्यवसायी संघले गत साता जारी गरेको विज्ञप्तिमा धेरै वर्षदेखि ढुवानी बिमाको नाममा कागजको चिर्कटोमा रकम उठाउने र उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखापरीक्षण गर्दा बेरुजु देखिने र ठुलो रकम अपचलन, अनियमितता भइ भ्रष्टाचार भएको उल्लेख छ ।आयल निगमबाट लोड भएर निस्किएको ट्याङ्कर कतै दुर्घटना, आगलागी भएमा क्षतिपूर्तिका लागि अनिवार्य बिमाको व्यवस्था गरिएको छ । जसअन्तर्गत पम्प सञ्चालकहरूले २०६८ सालदेखि आन्तरिक ढुवानी बिमाबापत वार्षिक लाखौँ रुपैयाँ एशोसियसनलाई बुझाउँदै आएका छन् । एशोसिएशनले हालसम्म ८३ करोड २७ लाख ९४ हजार ३० रुपैयाँ हिनामिना गरेको उजुरीपत्रमा उल्लेख छ । यसका साथै मूल्य अभिवृद्धि कर र अन्य करसमेत छलेको आरोप लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस