आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको बार्षिक नतिजा सार्वजनिक

अखिलेश कुमार यादव २०८० चैत्र २६, सोमबार (३ हप्ता अघि) १६१ पाठक संख्या

बारा :जीतपुरसिमरा उपमहानगरपालिका-७ मा रहेको फकिरा गिरि राजेश्वर गिरि माध्यामिक विद्यालयको बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको छ ।सोमबार एक कार्यक्रम बिच फकिरा गिरि राजेश्वर गिरि माध्यामिक विद्यालय जीतपुरले बाल कक्षा देखी ९ कक्षा सम्मको बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको हो ।विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित बर्षिक परिक्षाको नतिजामा पहिलो, दोस्रो, तेस्रो र उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरु लाई विद्यालयले अविर लगाई उज्वल भविष्यको कामना सहित पुरस्कार स्वरुप कापी कलम र चकलेट बितरण गरेको थियो ।

 

बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यता रहेको थियो । बार्षिक परिक्षाफल सार्वजनिक कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले आफु बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष जिम्मेवारी पाए संगै फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा पूर्ण रुपमा नि;शुल्क पठनपाठनको व्यवस्था मिलाएको बताए ।

 

त्यस्तै वडाध्यक्ष गुप्ताले यस बिद्यालयमा वडाको समन्वय र बिद्यालयको सहकार्यमा नि:शुल्क कोचिङ्गको व्यवस्था मिलाएको बताए ।बार्षिक परिक्षाफल नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेल फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयले नगर स्तरीय कक्षा ८ को परिक्षामा राम्रो नतिजा लयाएकोमा बिद्यालय परिवारलाई शुभकामना दिनु भयो । कार्यक्रममा वडा सदस्य सिता उप्रेती ,अभिभावक संघका अध्यक्ष अफताब आलम र पत्रकार अनिल तिवारी लगाएतले शुभकामना मन्तब्य राखेको थियो । बार्षिक नतिजा परिक्षाफल सार्वजनिक कायक्रममा बिद्यालयका प्रधानध्यापक राजु सिंह,अभिभावक,बिद्यालयका शिक्षक,शिक्षिकाहरुको उपस्थिति रहेको थियो भने बिह्यालय नैशाख ३ गते देखि नियमित रुपमा संचालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस