आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेटौंडालाई पराजित गर्दै एपिएफ सेमी फाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र २६, सोमबार (३ हप्ता अघि) १२८ पाठक संख्या

सिमरा : सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको दोश्रो क्वाटर फाइनलमा मकवानपुर ११ हेटौंडालाई २–० गोल अन्तरले पाखा लगाउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जीतमा विके तामाङ र प्रदिप लामाले एक–एक गोल गरे ।हेटौंडा विरुद्ध शुरुदेखिनै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औं मिनटमा विके तामाङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौंडाका डिफेण्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको ६८ औं मिनटमा अग्रता दोब्बर बनायो । एपिएफका प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए ।दोश्रो हाफमा एपिएएफ विरुद्ध केहि राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरीन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौंडाका उत्कृष्ट प्रहारहरु विफल पारेका थिए ।
खेलको म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए ।

 

उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । म्यान अफ दि म्याच श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार दुई ‘ए’ डिभीजन टोली त्रिभूवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । बीरगञ्जलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको आर्मी विरुद्ध बिराट गोल्डकपको उपाधि लिएर बिराटनगरबाट सिमरा आएको मच्छिन्द्र क्लबसिधै सेमीफाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस