आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाध्यक्ष गुप्ताको सराहनीय निर्णय : जीतपुरमा नि:शुल्क कम्प्युटर कक्षा संचालन गरिने

एपी खबर २०८० चैत्र २७, मंगलबार (२ हप्ता अघि) ५५५ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा नि:शुल्क कम्प्युटर कक्षा संचालन गरिने भएको छ  । जीतपुरसिमरा उपमहानगर वडा न ७ को कार्यालय वडा स्तरीय बजेट बाट नि:शुल्क कक्षा संचालन गर्ने भएको छ  ।प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि गर्ने उदेश्यका साथ् वडा न ७ को कार्यालय जीतपुरले बैशाख १५ गते देखि नि:शुल्क कम्प्युटर कक्षा संचालन गर्न लागेको वडाध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।

 

कम्प्युटरको प्रयोगबाट सूचना संकलन गर्ने, प्रशोधन गर्ने, प्रयोग गर्ने, सञ्चार गर्ने र सुरक्षित सञ्चय गर्नेजस्ता महत्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज हुने भएकोले हामीले वडा स्तरीय बजेट बाट बैशाख १५ गते देखि करिब ४ सय जनाको सहभागिता हुने गरि नि:शुल्क कम्प्युटर कक्षा संचालन गर्ने वडाध्यक्ष गुप्ताले एपीखबरलाई बताए । जीतपुरसिमरा उपमहानगर भित्रका २४ वटै वडामा कम्प्युटर कक्षा लिन इक्छुक रहेकोले नि:शुल्क कम्प्युटर कक्षामा सहभागी हुन् पाउने वडाध्यक्ष गुप्ताले बताए ।ब्यासिक कोर्ष बाट सुरु हुने कम्प्युटर कक्षामा ६ महिने डिप्लोमा कोर्स र एकाउण्टिङ्ग कोर्स समेत समावेश गरिने छ ।

 

आजको एक्काईसौं शताब्दीमा विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्ने सचेत र सशक्त नागरिक उत्पादन गर्न सूचना र प्रविधिमा आधारित कम्प्युटर शिक्षा प्रदान गर्न नीति तथा रणनीति अवलम्बनमा विलम्ब गर्नुहुँदैन भन्ने उदेश्यका साथ् वडाले नगरभरिका इक्छुक व्यक्तिले नि:शुल्क कम्प्युटर कक्षा लिन पाउने कार्यक्रम ल्याउने थालनी गरेको छ  । वडाले संचालन गर्न लागेको नि:शुल्क कम्प्युटर कक्षाले समयको मागअनुसार सूचना प्रविधिबाट सुसज्जित दक्ष जनशक्ति उत्पादन गर्न शिक्षण संस्थाहरु सक्षम र समर्पित हुने आश राखेको छ ।जीतपुर स्थित फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा नि:शुल्क कम्प्युटर कक्षा संचालन गरिने छ भने एक सिफ्टमा ५० जनाले सहभागिता जनाउने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस