आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरीका कारण एपिएफ र फ्रेण्डस्क्लबबिचको खेल बराबरीमा रोकीयो

एपी खबर २०८० चैत्र २९, बिहिबार (२ हप्ता अघि) १४९ पाठक संख्या

सिमरा : सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल तीव्र हावाका कारण स्थगित भएको छ । विहिबार सिमरा रंगशालामा सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ र फ्रेण्डस क्लब बिच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन् । दोश्रो हाफको १३ औं मिनट पछि रेफ्रि उमेश विंडारीले खेल रोक्ने संकेत गरेका थिए । सिमरा रंगशालाको फ्लड लाइटमा खेल चलि रहँदा एक्कासी तिव्र गतिमा हावाहुरी आएको थियो ।

 

रंगशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एक जना दर्शक घाइते समेत भएका छन् । ५८ औं मिनट पछिको खेल शुक्रबार विहान ८ः३० बजेपछि शुरु हुनेछ । स्थगित हुनु अघिको खेल निकै प्रतिस्पर्धाात्मक बनेको थियो । मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको एपिएफ र सिधै क्वाटर फाइनल खेल्न सिमरा रङ्गशालामा उत्रिएको फ्रेण्ड्स क्लब दुबैले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।खेलको ११ औं मिनटमा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । शरण बस्नेतले पेनाल्टी बक्स भित्र दिएको उत्कृष्ट पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले सहज रुपमा बचाउ गरे ।

 

खेलको १३ औं मिनटमा फ्रेण्ड्सका साइमन लिम्बुले वन भर्सेस वनको स्थिती सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्स बाहिर पाएको बललाई अघि बढाए पनि साइमनले पोष्टको दिशादिन नसक्दा एपिएफका डिफेण्डरले सुमन श्रेष्ठले क्लिएर गर्ने मौका पाए ।त्यस लगतै खेलको १५ औं मिनटमा फ्रेण्ड्सले अर्को सुन्दर मौका गुमायो । कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गयो ।खेलको १८ औं मिनटमा एपिएफकाअनिश महर्जनले पेनाल्टी बक्स भित्रै पाएको अवसर खेर फाले ।

 

प्रदिप लामाको क्रसमा अनिशको प्रहार फ्रेण्ड्सका गोलरक्षकले पञ्च गरेर जोगाए । खेलको २६ औं मिनटमा एपिएफको अर्को सशक्तप्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेकले बचाउ गरे । बिके तामाङको कट ब्याकमा पेनाल्टी एरियाबाट प्रदिप लामाको सशक्त प्रहार फ्रेण्ड्सका गोलरक्षक अभिषेकले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४२ औं मिनटमा फ्रेण्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउण्ड भयो । साइमन लिम्बुको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङ पासलाई एन्जलले शसक्तप्रहार गरेका थिए । रिबाउण्ड बलमादिपेश घलेको अर्को प्रहार क्रसबारबाट माथिगयो ।

 

प्रतिक्रिया दिनुहोस