बारा : सहयोगी हात नेपालद्वारा नि:शुल्क खाना खुवाउने कार्यको थालनी गरिएको छ ।शनिवार जीतपुरमा नि: शुल्क खाना खुवाउने कार्यको थालनी गरिएको हो । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको सामाजिक संस्था सहयाेगी हात नेपालले गरिब असहायलाई भाेजन खुवाएकाे छ । यस संस्थाले हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म नि:शुल्क भाेजन खुवाउने कार्यको शनिवारदेखि प्रारम्भ गरेको छ ।
नि:शुल्क खाना खुवाउने कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले अहिलेसम्म जीतपुरमा कसैले नगरेको उदाहरणीय कार्य सहयोगी हात नेपाल नामक सामाजिक संस्थाले गरेको हुनाले संस्थाका सम्पूर्ण सदस्यहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । गरिब असहायलाई भाेजन खुवाउने कार्य अति उतम र अति सुन्दर रहेको र याे भन्दा राम्रो र पुण्यको काम अरु केही पनि नरहेको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देबनारायण चाैधरीले दाबी गर्नुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भाेला अधिकारी , बिशिस्ट अतिथि जितपुर गाबिस अध्यक्ष कृष्ण व्रत सिंहले अहिलेसम्म कसैले नसाेचेकाे काम यो संस्थाले गरेको बताउनुभयो । युवा नेता राजुराज गिरी , समाजसेवी मनिर अंसारीले समेत आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा माओबादी नेता प्रेम बराल , ठेला संघ जीतपुरका अध्यक्ष महेन्द्र पासवान , महिला नेत्री सेल्मु नेसा , जितपुर युवा क्लबका अध्यक्ष भुनेस पासवान , राष्ट्रिय युवा संघ नेपाल नगर सचिव अयुब अंसारी लगायतको उपस्थिति रहेको थियोे ।
सहयाेगी हात नेपालका संरक्षक मनाेज कुमार साहले कार्यक्रममा मन्तव्य दिँदै हामीलाई जितपुर समाजले धेरै कुरा दिनु भएको छ र त्यसैको फलस्वरूप हामीले यस संस्थाको मार्फत जितपुर समाजलाई याे एउटा काम गरी गुण फर्काएको बताउनुभयो । आजकाे नि:शुल्क भाेजन खुवाउने कार्यक्रममा लगभग दुई सय जनाले भाेजन ग्रहण गरेको संस्थाका सदस्य मनाेज पासवानले बताए । कार्यक्रमकाे सहजीकरण संचारकर्मी एस्. एस्. पटेलले गर्नुभएको थियोे ।
प्रतिक्रिया दिनुहोस