आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगर २० मा रामनवमीको अवसरमा मेला लाग्ने

एपी खबर २०८१ बैशाख ४, मंगलबार (१ हप्ता अघि) १२४ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२० मा रामनवमीको अवसरमा भोलि मेला लाग्ने भएको छ ।प्रत्येक बर्ष झैँ यस बर्ष पनि रामनवमीको अवसरमा उपमहानगरको वडा न २० गाईत्रि नगरमा भब्य मेलाको आयोजना हुने भएको छ । मेलामा अन्तराष्ट्रिय पहलवानहरु समेत आउने भएको छ । भारतको हरियानाका प्रसिद्ध पहलवानहरुले मेलामा कुस्ती प्रतियोगितामा सहभागिता जनाउने छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २० को आयोजनमा रामनवमीको अवसरमा भोलि बृहत मेला लाग्ने वडा न २० का वडा अध्यक्ष रसुल अन्सारीले बताए ।उनल भने हामीले प्रत्येक बर्ष रामनवमीको अवसरमा लगाउदै आईरहेको मेलाले यस बर्ष पनि निरन्तरता पाउने छ ।स्थानीयहरुलाई मनोरंजनको लागि कुस्ती प्रतियोगिताको समेत व्यवस्था गरिएको वडाध्यक्ष अन्सारीले बताए ।भोलि रामनवमीको अवसरमा हिन्दु समाजले बृहत र्याली समेत निकाल्ने छ ।

प्रतिक्रिया दिनुहोस