आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरी १२ नम्बर गण उतर झिटकैया बाराको १७ औं वार्षिकोत्सव सम्पन्न

अखिलेश कुमार यादव २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि) १९१ पाठक संख्या

बारा : सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर , उतर झिटकैया बाराको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सोमबार एक समारोहमा वार्षिकोत्सव सम्पन्न भएको हो।सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव प्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गणपति सन्तोष बहादुर सिंहले गरेका थिए ।१७ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव प्रसाद पौडेलले अहिले शान्ति सुरक्षा संगै सिमा क्षेत्रमा हुने अपराधीक गतिविधि तथा राजस्व नियन्त्रण गर्नमा राज्यले दिएको जिम्मेवारी पुरा गर्न दिनरात लागिपरेको बताएका छन् । उनले भने सिमा सुरक्षा बल प्रहरीले मात्र एक्लैले केही गर्न नसक्ने भएकोले यहाँका जनता संग समन्वय र सहकार्य गरेर आफुहरु अगाडि बढनु पर्ने धारणा राख्नु भएको थियो ।त्यस्तै उनले केहि दिन पहिला खुल्ला सिमा क्षेत्र संग जोडिएका मधेश प्रदेशका १४० जना वडाध्यक्षहरु संग छलफल गरेर राय सुझाव संकलन समेत गरिएको बताए ।१७ औं स्थापना दिवसमा बोल्दै १२ न गणका गणपति सन्तोष बहादुर सिंहले परिर्वतित सन्र्दभमा चुनौतिहरु पनि थपिदै जाने भन्दै उनले जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा रहेर उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार वितरण र सांस्कृतिक प्रस्तुति देखाइएको थियो। उक्त कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारि छबिरमण भट्टराई, जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र कुमार साह,फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी,नेपाल प्रहरीका प्रहरी उपरीक्षक महेन्द्र खडका लगाएत सुरक्षा निकायका प्रमुख संचारकर्मी एवम गणमान्य व्यक्तिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस