आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

अमलेखगन्जका वरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको अटोमेटिक पेस्तोल गायब

एपी खबर २०८१ बैशाख ११, मंगलबार ( ९ महिना अघि) ४१४ पाठक संख्या

बारा ।बारा जिल्लामा एक जना बरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको पेस्तोल हराएको घटना बाहिरिएको छ  । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको अटोमेटिक पेस्तोल गायब भएको छ। वरिष्ठ प्रहरी नायब निरीक्षक पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमवार रातिदेखि गायब भएको हो।

 

 

सई बिसी आईतवार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस