आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्ज महानगरपालिकामा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेर नष्ट

एपी खबर २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि) १४३ पाठक संख्या

वीरगञ्ज– पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएको छ । महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।वीरगञ्ज महानगरका– १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ७ घर जलेर नष्ट भएको हो ।

 

सातवटा घर जल्दा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए ।आगलागीबाट महेन्द्र सहनी, मैना सहनी, वीरेन्द्र सहनी, तुहान सहनी, फुलदेव सहनी, अभय सहनी तथा अदालत साहको घर, खाद्यान्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको हो ।

 

प्रतिक्रिया दिनुहोस