आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा खानेपानी द्वारा पंखा र गुम्बामा शौचालय निर्माणको लागि चेक हस्तान्तरण

अखिलेश कुमार यादव २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि) ११० पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२ मा रहेको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक विद्यालयलाई पंखा र गुम्बालाई चेक हस्तान्तरण गरेको छ ।मंगलबार लोकतन्त्र दिवसको अवसर पारेर सिमरा खानेपानीले समाजिक कार्यमा केही रकम खर्च गरेको हो ।उपमहानगरको वडा न ३ नरबस्तीमा रहेको नेपाल राष्ट्रिय अधारभुत विद्यालयलाई ५ थान पंखा सहयोग गरेको छ ।

त्यस्तै साङक टासी देछेन लिङ विश्वशान्ति बाैद्व गुम्बा सिमरालाई शौचालय निर्माणको लागि रु १ लाख १ हजार बराबरको चेक हस्तान्तरण गरिएको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनले बताए ।लोकतन्त्र दिवसको अवसर पारेर समितिका अध्यक्ष कासिम हुसेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बस्नेतलाई पङ्खा र गुम्बाका अध्यक्ष राजकुमार लामालाई चेक हस्तान्तरण गरेको सिमरा खानेपानीको कार्यालयले जनाएको छ  ।

बढदै गएको गर्मिलाई मध्यनजर गर्दै र विद्यालयमा पंखाको अवश्यकता भएकोले पंखा सहयोग गरिएको समितिका अध्यक्ष हुसेनले बताए ।उनले भने गर्मीको मौसममा विद्यालय पढन आउने बालबालिकालाई गाह्रो भईरहेकोले थोरै मात्रमा भए पनि ५ थान पंखा सहयोग गरेका छौं ।सो पंखा र चेक हस्तान्तरण कार्यक्रममा समितिका उपाध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, सहसचिव सानु बाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल, सदस्य तोयानाथ लुईटेल, सुभद्रा कुमारी, प्रकाश क्षेत्रीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस