आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरी एक्सनमा :चर्को स्वरमा डिजे बजाउने २ जना पक्राउ 

एपी खबर २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि) १५० पाठक संख्या

बारा : बारा प्रहरीले अहिले चर्को स्वरमा डिजे बजाउने प्रती कडा एक्सनमा उत्रेको छ ।बारा जिल्लामा चर्को स्वरमा डिजे बजाउनेलाई अहिले पक्राउ गर्ने अभियानलाई निरंतरता दिएको छ।मंगलबार राती ९ बजेको समयमा कलैया उपमहानगरपालिका बजार एरियामा ध्वनि प्रदुषण हुने गरि चर्को स्वरमा डिजे बजाउने २ जनालाई नियन्त्रणमा लिएको छ ।

 

चर्को स्वरमा डिजे बजाईरहेको बजरङ डिजे बडकी फुलवरियाका बैन्डलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।बैन्ड सहित प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका -१० बस्ने नागिन्द्र भट्ट र देवताल गाउँपालिका -१ बस्ने जयराम सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस