आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्जमा एक अज्ञात पुरुष मृत अवस्थामा भेटियो

एपी खबर २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि) ३७ पाठक संख्या

वीरगञ्ज । वीरगञ्जमा एक जना पुरुषको शव अज्ञात अवस्थामा भेटिएको छ। वीरगञ्ज महानगरपालिका स्थित चिनी कारखाना अगाडिको नालामा मंगलबार अन्दाजी ५०-५५ बर्षको पुरुषको शव भेटिएको हो । शव नालामा घोप्टो परेको अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मङ्गलवार दिउँसो स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहिचान खुल्न नसकेको शवको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक  कुमार विक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस