आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गर्मि बढेसंगै बारा लगाएत मधेशको जनजीवन प्रभावित

अखिलेश कुमार यादव २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि) ८६ पाठक संख्या

बारा – अत्यधिक गर्मी बढेपछि बारासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो।गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ। अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको छ ।बारामा गर्मि बढे संगै अति बिपन्न मजदुर बढी समस्यामा परेको छ ।गर्मि बढे संगै ब्यापार व्यवसाय देखि लिएर पानिको मुहान समेत शुकं थालेकोले जनजीवन प्रभावित बन्दै गएको स्थानीय कृष्ण मैनालीले बताएको छ ।

 

 

अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन्। यस्तै, तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेको जीतपुरसिमरा २ का सोनु पटेलले बताए ।तराई मधेशमा गर्मि बढे संगै अस्पतालमा बिरामीको संख्या समेत बढेको छ ।सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ ।

 

चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको छ ।गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडा पखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस