आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुर्ब कर्मचारीको जागिर मोहले भरतपुर क्यान्सर अस्पताल धारासायी हुने अवस्था

एपी खबर २०७७ मंसिर ३, बुधबार (३ साल अघि) १५२६ पाठक संख्या

बि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरत्पुरका केही पुर्ब कर्मचारी हरु ले ६० बर्ष पुगेर अनिवार्य अबकास पाएपछी पनि अस्पताल छोडेर जान मानेका छैनन् ।

उनिहरु बिधाई हुन पनि मान्दैनन् । बर्सौ सम्म पनि आवास नछाड्ने र बसिरहने गर्छन। आवास नछाड्ने कर्मचारीको उपदान समेत अस्पतालले रोक्ने गरेको छ।

गत बर्ष २०७६ सालमा यश भन्दा अगाडीको व्यवस्थापनको पालामा ६० बर्स उमेर पुगेर अनिवार्य अबकास पाएका पुर्ब कर्मचारी भोला सिवाकोटी बस्दै आएको आबास अन्य कर्मचरी बस्नका लागि पत्र बनिसकेको थीयो तर पनि चलखेल गरि रोकियो ।

अहिले नया व्यावस्थापन आएपनी आवास छोडेर गएका छैनन।अस्पतालले बार्षिक उत्सव असोज १० गते मनाउदै आएको छ र अबकास पाउने सबै पुर्ब कर्मचारीहरु लाई सम्मान र बिधाई गर्दै आएको छ।

यस बर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सब कार्यक्रममा पुर्ब कर्मचारी लाई सम्मान तथा बिदाई गरीएको थियो । तर अस्पतालको आवासमा बस्दै आएका पुर्व कर्मचारी सिवाकोटीले भने सम्मान पत्र लिन र बिधाई हुन गएनन। यति मात्र होईन आवास नछाडे पनि उपदान लिएका सिवाकोटीले उपदान को केही पैसा बाकी राखेर आवास नछाड्ने र हलो अड् काउने काम गरेकाछन।

उनको यस्तो गतिबिधीले गर्दा निजले पुन जागिर खान लागेको भनी व्यापक चर्चा समेत हुन लागेको छ। उमेर हद६० बर्ष पुरागरेका २०-२५ बर्ष जागिर खादा कुनै उल्लेखनीय काम गर्न नसकेकाले पुन जागिर खान खोजे पछि उनी भन्दा बरिस्ठ केही पुर्ब कर्मचारीहरुले पनि निजले जागिर पाउँदा आफूहरुले पनि पाउनु पर्ने भन्दै अस्पताल संचालक समितीमा निबेदन दिएकाछन।

अन्य पुर्ब कर्मचारीहरुले पनि निवेदन दिने तयारी गरेको श्रोतले जनाएको छ। केहिले पुनर्बहालीका लागि पर्ख र हेर को अबस्था अपनाएका छन। यसरी ६० बर्स पुगेर पेन्सन र उपदान पाएका बृद्वहरु लाई कुनै पनि बाहनामा जागिर दिनेहो भने भोलि अर्काले पनि बहाना मिलाएर योग्य मात्र होइन अयोग्य लाई पनि जागिर दिन सक्ने अवस्था आउन सक्छ। भोलि सबै लाई जागिर दिनु पर्ने हुन्छ र अस्पताल ले थेग्न सक्दैन।

अस्पताल बृदाआश्रमकोरुपमा परिणत हुनेछ भन्दै व्यावस्थापन र संचालक समितिका सदस्यहरु,अस्पताल प्रेमी, छिमेकी, स्थानीय बासिहरु समेत चिन्ता जाहेर गरेका छन । उनीहरूले समयमै सजग रहेर संचालक समितीले अस्पताल बचाउन पहल गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस