आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

एपी खबर २०८० भाद्र ४, सोमबार (८ महिना अघि) ९१ पाठक संख्या

हेटौंडा :  मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर–१० निवासी सुमनसिंह स्याङ्तानको छोरी ४ वर्षकी प्रमिसा स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रमिसा आइतबार साँझ साथीहरुसँग पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको र घटनास्थलमा नै मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस