आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा पैगम्बर मोहम्मदको अपमान प्रति इत्तेहाद नेपालद्वारा विरोध, प्रेस बिज्ञप्तीसहित

अजय मिश्र, कपिलबस्तु २०७८ कार्तिक ७, आईतबार (२ साल अघि) ५२६ पाठक संख्या

कपिलवस्तु । बिभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालमार्फत शार्वजनिक भएको चिनियाँ नागरिकहरूले गरेको पैगम्बर मोहम्मदको अपमानको इत्तेहाद नेपाल कपिलवस्तुले घोर निंन्दा तथा विरोध गरेको छ ।

 

पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको थियो । सो को बिरोध गर्दै इत्तेहाद नेपाल कपिलवस्तुले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको हो ।

 

विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको छ । साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तुका अध्यक्ष किफायतुल्ला खांद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस