आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगरमा मानव वेचविखन रोक्न सार्वजनिक छलफल

अजय मिश्र, कपिलबस्तु २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि) ४१४ पाठक संख्या

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल सम्पन्न भएको छ । नगरपालीकाको सभाहलमा आयोजित एक दिने छलफल कार्यक्रम नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा मानव बेचविखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिम हरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो । कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी लगाएत कर्मचारी, समाजसेवी, शिक्षाप्रेमी, वुद्धजीवी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमबारे हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो । ईश्वरी प्रसाद पौडेल सहजिकरण गर्नुभएको कार्यक्रममा नगरपालिकाकि महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्यायले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

 

कार्यक्रम व्यवस्थापनको भुमिका हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव निभाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस