आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नाउपाबाटै कैलाश चौधरीको पनि मुख्यमन्त्रीमा दाबी

एपी खबर २०८१ बैशाख २, आईतबार (३ हप्ता अघि) ५९ पाठक संख्या

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकै सांसद कैलाश चौधरीले पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको समर्थनमा चौधरीले दाबी पेश गरेका हुन्। उनले माओवादीका ११, एमालेका १०, नाउपाका सात र राप्रपाका एक सांसदको समर्थन रहेको जनाएका छन्। उनी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद हुन्।यसअघि नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेश गरेका थिए।

 

उनले नेपाली कांग्रेसका १८, नाउपाका सात र नेकपा (एकीकृत समाजवादी)का चार सांसदको समर्थन रहेको दाबी पेश गरेका थिए। उनी नाउपा संरक्षक रेशम चौधरीका पक्षका सांसद हुन्। ५३ सदस्यीय प्रदेश सभामा सरकारका गठनका लागि २७ सांसद आवश्यक पर्छ। नाउपाका सांसद दुवैतिर जोडिएका छन्। यसअघि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले मिलिजुली सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयावधि आज सकिँदै छ।

 

प्रतिक्रिया दिनुहोस