आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमराको पहिचान मेटाउदै जितपुरसिमरा नगर उद्योग वाणिज्य संघ

सुप्रिया ढकाल २०७८ भाद्र ७, सोमबार (२ साल अघि) ७८९ पाठक संख्या

बारा । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको सिमरा कार्यालय भवनको गृह प्रवेश तथा सुर्य नेपालबाट सहयोग प्राप्त एम्बुलेन्सको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । गृहप्रवेशमा सहभागी तत्कालीन उद्योग वाणिज्य संघ सिमराका पूर्व पदाधिकारीहरु रुष्ट बनेर फर्किएका छन् ।

 

सिमरा आन्तरीक राजश्व कार्यालय नजिकै तत्कालीन सिमरा उद्योग बाणिज्य संघ (बारा शाखा)काअध्यक्ष श्री रेशम तिवारीको नेतृत्वमा दृघकाकिन सोच राखी खरिद गरिएको दस धुर जमिनमा उक्त भवन निर्माण गरिएको भएपनि भवन निवर्माणमा तत्कालीन कार्यसमितिको भुमिकालाई पूर्ण रुपमा बायस गरीएको भन्दै पूर्व पदाधिकारी रुष्ट बनेका हुन् । भवनको शिलालेखमा भवन शिलान्यास गर्ने मेयर डा.कृष्ण पौडेल र बर्तमान जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीको मात्र नाम उल्लेख रहेको बताउदै तिवारीले सञ्जय साह र मोहन शर्मा लामीछानेको बर्तमान कार्यसमितिले आफुहरुको नाम निसान नै मेटाउन खोजेको गुनासो गर्नुभयो ।

तत्कालीन सिमरा कार्यालयको पुंजी र साना किसान कृषि सहकारी संस्थाबाट ऋण लिएर तिवारीको कार्यकालमा उक्त जग्गा खरीद गरीएको थियो । लिईएको ऋण उद्योग वाणिज्य संघ सिमराका तत्कालिन अध्यक्ष शिवप्रसाद पौडेल(युवराज)को नेतृतवमा चुत्ता गरीएको हो ।

 

यस्तै जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको रुपमा तत्कालिन जितपुर र सिमराको कार्यालयलाई मर्ज गरेपछि सिमराको पहिचान मेटाउन खोजिएको तिवारीले बताउनुभएको छ । उद्योग वाणिज्य संघ सिमरालाई जितपुर सिमरा नगर उद्योग वाणिज्य संघको सेवा केन्द्रको रुपमा स्थापित गरेर सिमराको दायरा खुम्च्याउन खोजिएको उहाको आरोप छ ।

 

जितपुर कार्यालयलाई मुख्य कार्यालयको रुपमा स्थापित गरेपनि सिमराको कार्यक्षेत्र बिस्तार गर्नुपर्ने तत्कालीन सिमरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुको माग छ ।

 

प्रतिक्रिया दिनुहोस