आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रविनलाई खोज्न परिवारको आग्रह

एपी खबर २०७८ भाद्र १६, बुधबार (२ साल अघि) १३९३ पाठक संख्या

पर्सा । पर्साको विरगंज महानगरपालिका वडा नम्बर ३२ रामबन बस्ने १९ बर्षिय प्रविन भट्टराई भदौ ९ गतेबाट हराएका छन् । ९ गते नारायणघाटबाट घर आउने भन्दै बस चढेको तर घर नआएपछि प्रविनका परिवारले उनलाई खोजिदिन आग्रह गरेका छन् ।

 

नारायणघाटबाट बस चढि आउने क्रममा मकवानपुरको हेटैडाबाट निजको मोवाईल आफ भएको र खोजतलास गर्दै जादाँ प्रविन विरगंजको बसपार्कमा राखिएको सिसिटिभी क्यामरामा देखिएको तर घर नआएको उनका दाजु प्रदिप भट्टराईले जानकारी दिनुभएको छ ।

 

उहाँले मोवाईलपनि आफ गरेको र बसबाट जीतपुर ओर्लेर घर जानुको सट््टा विरगंज पुगेको उहाले बताउनुभयो । प्रविनलाई खोज्न परिवारले पर्सा प्रहरीलाई निवेदन समेत दिईसकेको छ । तर उनि हराएको ७ दिन भैसक्दा समेत पत्ता लाग्न नसकेपछि प्रविनका परिवारले सञ्चारमाध्यममार्फत उनलाई खोजिदिन आग्रह गर्नुभएको छ ।

 

दाजु प्रदिपले आफ्नो भाईलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा ९८६०९४५७७८, ९८६९२६०८२०, ९८१२२०६४६० मा फोन गरेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस